आज सोमबार सुनको भाउमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको दररेट अनुसार सुनको मूल्य हिजो आइतबारको तुलनामा बढेको हो।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन आइतबार यही सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ हजार २६५ रुपैयाँ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रहेको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको आधारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर