आज सुनमा ४८ सय र चाँदीमा २४५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको मूल्य आज चार हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य दुई सय २५ रूपैयाँ घटेर पाँच हजार दुई सय ७० कारोबार भइरहेको छ।शुक्रबार पाँच हजार चार सय ९५ रूपैयाँमा कारोबार भएको थियाे। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
