आज सुनमा दुई हजार र चाँदीमा २०५ रुपैयाँ घट्यो
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रति तोला २ हजारले घटेको हो ।
आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रति तोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो । यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
