आज आइतबार सुनमा ५६ सय र चाँदीमा २४५ रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६०० रूपैयाँले बढ्दै ३ लाख २० हजार ५०० रूपैयाँ पुगेको हो । अघिल्लो शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २४५ रूपैयाँले बढ्दै ५ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रूपैयाँमा कारोबार भएको थियो । खाडी मुलुकको तनाव बढ्दै गर्दा यसको असर सुनचाँदीको भाउमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर