आज नेप्से २१.६२ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भएको छ । आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एसवाई प्यालनको सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युत्को १६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबीआई बैंकका लगानीकर्ताले आज सर्वाधिक ३.५८ प्रतिशतका दरले गुमाएका छन् ।
