सुन तोलामा १३ सय बढ्यो, चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार सुन तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५,५८५ मा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार चाँदी तोलाको ५,५९५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर