आज सुनमा ५६ सय र चाँदीमा ३ सय ७५ रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको छ । आज सुन प्रति तोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय ७५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर