सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी
काठमाडौं । नेपाली बजार आज शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
हिजो बिहीबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
