आज बुधबार सुनमा १५ सय र चाँदीमा ५ सय रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुनको मूल्य एक हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रति तोला तीन लाख एक हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर