आज  बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज  बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७८ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ४८ पैसा र बिक्रीदर १७२ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ७२ पैसा र बिक्रीदर १९७ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ १८ पैसा र बिक्रीदर १८८ रुपियाँ ९६  पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ३४ पैसा र बिक्रीदर १०२ रुपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ १६ पैसा र बिक्रीदर १०६ रुपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ६९ पैसा र बिक्रीदर ११५ रुपियाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९६ पैसा र बिक्रीदर २१ रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १३ पैसा र बिक्रीदर १६ रुपियाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९५ पैसा र बिक्रीदर २३ रुपियाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८५ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपियाँ ६३ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर