आज सुनमा ९ सय घट्यो, चाँदीमा २५ रुपैयाँ बढ्यो

काठमाडौं  ।  आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ प्रति तोला समान्यले बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितो लामा ९०० ले घटेको छ । यस्तै चाँदी प्रति तोला २५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० तथा एक तोला चाँदीको ४ हजार ८६० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर