आज नेप्से ८.१६ अंकले घट्यो

काठमाडौं ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाखको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज रिडी पावरको सर्वाधिक ६५ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा नादी ग्रुपको ४८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज बुद्धभूमि हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर