आज शुक्रबार सुनको मूल्यमा गिरावट

काठमाडौं ।  फागुन महिनाको पहिलो दिन आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर  तोलाको  तीन लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ ।  हिजो बिहीवार सुनको प्रति तोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेर पाँच हजार रुपैयाँ कायम भएको छ ।  आज शुक्रबार चाँदीको मूल्य तोलामा ३ सय ४० घटेर प्रति तोला पाँच हजार कायम  भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर