आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ६५ पैसा र बिक्रीदर १४५ रुपियाँ २५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ८४ पैसा र बिक्रीदर १७२ रुपियाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ३४ पैसा र बिक्रीदर १९८ रुपियाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ३८ पैसा र बिक्रीदर १८९ रुपियाँ १६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ०८ पैसा र बिक्रीदर १०३ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६५ पैसा र बिक्रीदर १०७ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७१ पैसा र बिक्रीदर ११५ रुपियाँ १९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९६ पैसा र बिक्रीदर २१ रुपियाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ५७ पैसा र बिक्रीदर ३८ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६९ पैसा र बिक्रीदर ३९ रुपियाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २९ पैसा र बिक्रीदर १६ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ र बिक्रीदर २३ रुपियाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५१ पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपियाँ, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपियाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपियाँ ७४ र बिक्रीदर ३७७ रुपियाँ ३० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर