नेप्सेमा १०.२५ अंकको गिरावट
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ४० करोड ७९ लाख रुपैयाँ र तेस्रोमा रिडी पावर को ३८ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक ६.३६ प्रतिशतका दरले कमाएका छन् । यस्तै, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ५.२४ प्रतिशतका दरले गुमाएका छन् ।
