नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज रिडी पावरको सर्वाधिक ७७ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५४ करोड ४ लाख रुपैयाँ र तेस्रोमा अंखु खोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिडी पावरका लगानीकर्ताले ९.११ प्रतिशत र लिबर्टी इनर्जीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् । मायाखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ५.४० प्रतिशतका दरले गुमाएका छन् ।
