आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँ घट्यो

काठमाडौं ।   नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय  रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर