आज सेयर बजार परिसूचक १.६४ अंकले घट्यो
काठमाडौं । आज बुधबार सेयर बजार परिसूचक १.६४ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६८१.५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११३ कम्पनीको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.७० अंकले घटेर ४५६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा साढे ७ अर्बको कारोबार भएको छ ।
आज सेयर बजारमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ८० हजार ४२२ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
