आज बुधबार सुन तोलामा १४ हजार ४ सय वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा नेपाली बजारमा पनि उच्च मूल्यको घटबढ देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ हजार ४०० रुपैयाँले बढेदा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुनको मूल्य प्रति तोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँ बढेर प्रति तोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर