नेप्सेमा १२.५८ अंकको गिरावट
काठमाडौं। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाखको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक ५९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अंखु खोला हाइड्रोपावरको ४१ करोड रुपैयाँ र तेस्रोमा युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, एचएलआइ लार्ज क्याप फन्डका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ४.६३ प्रतिशतका दरले गुमाएका छन् ।
