आज मंगलबार सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । विगत केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रति तोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार (माघ १९) प्रति तोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रति तोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
