आज सोमबार झिनो अङ्कले बढ्यो नेप्से
काठमाडौं । आज सोमबार नेप्से झिनो अङ्कले बढेको छ । नेप्सेको परिसूचक १.५३ अङ्कले बढेर २६९५.७३ को विन्दुमा कायम भएको हो ।यस दिन बजारमा १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक १९.८५ अङ्कले घटेर २७९४.२० को विन्दुमा बन्द भएको थियो ।
आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटिक एन्डस्ट्रिज र हिम स्टर ऊर्जा कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी तीनै कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा भने आखुँखोला जलविद्युत कम्पनी ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । आज सोमबार बजार पुँजीकरण ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।
