नेप्सेमा २२.३३ अंकको गिरावट, कारोबार रकम पनि झर्‍यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २१० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अंखु खोला हाइड्रोपावरको सर्वाधिक ५३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५२ करोड ५३ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको ३८ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन नबिल ग्रोथ फन्डका इकाईधनीले सर्वाधिक ६.५१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर