आज बुधबार पनि सुनचाँदीको मूल्यमा कीर्तिमान

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर