आजका लागि कृषि उपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) प्रतिकिलो २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ४०, बन्दा (लोकल) प्रतिकिलो ७०, बन्दा (तराई) प्रतिकिलो ५०, बन्दा (नरिबल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो १००, काउली तराई प्रतिकिलो ६०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ६५ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ९०, तिते करेला प्रतिकिलो १८०, लौका प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो २४०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ८० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ३०, पालुङ्गो प्रतिकेजी ७०, चमसुर प्रतिकिलो ७०, मेथी प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ९०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ९०, ग्याठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ४०० र रूखटमाटर प्रतिकेजी २५० तोकिएको छ ।
