आज बुधबार सुन तोलामा १० हजार ४ सय रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार सुनको मूल्य प्रति तोलामा १० हजार ४ सय रुपैयाँ वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदी प्रति तोला ४० रुपैयाँ बढेको छ । हिजोको दिन प्रति तोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
