सुनमा ४ सय घट्यो भने चाँदीमा ५५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
