आज सुनमा ३४ सय र चाँदीमा १३० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर