आज सुन तोलामा १७ सय रुपैयाँ घट्यो

काठमाडौं ।  आज मंगलवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले जनाए अनुसार सोमवार हालसम्मकै उच्च अर्थात प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलवार २ लाख ५९ हजार रुपैयाँ कायम भयो । यस्तै, आज चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर