सुनमा १९ सय र चाँदीमा ४५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
