आज सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं । हिजो बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
प्रतिक्रिया
