सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर