आज सुनमा ७ सय बढ्यो भने चाँदीमा २० रुपैयाँ घट्यो

काठमाडौं ।  आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर