आज सुनमा दुई सय घट्यो, चाँदीमा ५० रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

यससँगै आइतबार छापावाल सुन तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर