डिजेल, मट्टितेल लिटरमा १ रुपैयाँ सस्तो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आइतबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने पेट्रोल तथा एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।
आइतबार राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ रुपैयाँले बढाइएको जानकारी दिएको छ ।
निगमले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर डिजेलमा १ रुपैयाँ ४४ पैसा घटेर र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।
प्रतिक्रिया
