आज सुनमा १९ सय र चाँदीमा २० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
