नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर २ हजार ५६६ दशमलव ७ बिन्दुमा कायम भएको हो ।
आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।
सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य ३ दशमलव ५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ।
