पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा दुई र डिजेलमा तीन रुपैयाँ मात्रै वृद्धि गरिएको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

भाउ बढेसँगै अब पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ६१ रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४७ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत् रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर