आज शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ३ हजार २८५ रुपैयाँ तोकेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
