यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताउनुभयो ।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्नुहुँदै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । भारतका मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त देश रहेको बताउनुहुँदै छलफलमा रहेका विषयहरुलाई शीघ्र निष्कर्षमा पु¥याउन दुवै देशका पदाधिकारीलाई निर्देशन दिनुभयो । उक्त भेटघाटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
