सुन तोलामा २१ सय घट्यो भने चाँदीमा ५ रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार हिजो मङ्गलबारको तुलनामा सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया
