नेप्से परिसूचक ३.२१ अंकले वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा आइपुगेको छ ।

नेप्सेमा यसदिन ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज साहस ऊर्जाको सर्वाधिक ३५ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँ, एनआरएनको २६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले आज सर्वाधिक ९.३९ प्रतिशतका दरले गुमाएका छन् ।

Capture


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर