आज सोमबार सुनमा ४९ सय र चाँदीमा ५० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । हिजो सोमबारको तुलनामा सुन तोलामा ४ हजार ९०० रुपैयाँले वृद्धि भई छापावाल सुनको मूल्य तोलामा आज २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको २ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर मंगलबार तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ, जुन सोमबार तोलामा ३ हजार १५ रुपैयाँ थियो । सुन–चाँदीको मूल्यमा भएको यो वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको बताइन्छ ।
प्रतिक्रिया
