आज सुनमा २ सय र चाँदीमा ५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
