आज आइतबार सुनमा ७ सय वृद्धि, चाँदीमा ५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।

आज आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि अस्ति शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो । तर, चाँदीको मूल्य भने घटेको छ । अस्ति शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर