आज आइतबार सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ ।  आज सुन  प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपालमा भने सार्वजनिक बिदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रति तोला २ सय ६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रति तोला ३ हजार ३ सय ५० रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर