आज सुन तोलामा ४८ सय र चाँदीमा ७५ रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आज आइतबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कायम छ । अस्ति शुक्रबार छापावाल सुन प्रति तोला दुई लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी प्रति तोला तीन हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पनि मूल्य हालसम्मकै उच्च हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर