सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुग्यो
काठमाडौं । आज बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भएको हो । हिजो बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँ कायम थियो । आजको सुनको मूल्य यो हालसम्मकै उच्च हो ।
यसैगरी हिजो बुधबारबार चाँदी तोलाको ३ हजार २ सय ४० रुपैयाँ कायम भएकोमा आज बिहीबार ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी तोलामा आज ३५ रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
