नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोड कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोडको सेयर कारोबार भएको छ । आज २०० कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, इमर्जिङ नेपालका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआरएन कम्पनीको सर्वाधिक ३१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँ र केबिएल डिबेञ्चरको २४ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् ।

