आज सुन प्रति तोलाको दुई लाख ४० हजार ४ सय रुपैयाँ
काठमाडौं । स्थानीय बजारमा आज सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रति तोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रति तोला रु तीन हजार २२० मा खरिद बिक्री भइरहेको छ ।
हिजो आइतबार सुन प्रति तोला रु दुई लाख ३८ हजार र चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ ।
प्रतिक्रिया
